‘जनताको सेवा गर्न पाउँदा उत्साहित छु’

डण्डपानी पंगेनी,
वडाध्यक्ष, वालिङ ११,
स्याङ्जा ।
वालिङ नगरपालिका आफैमा जिल्लाको पुरानो र प्रशस्त सम्भावना बोकेको स्थानियतहको रुपमा परिचित छ । त्यसमा पनि नगरको वडा नं. ११विविध सम्भावनाका हिसाबले मजबुद वडाको रुपमा लिईन्छ । पर्यटकीय क्षेत्र स्वरेक मैदानको प्रवेशद्धारमा रहेको यस वडामा आधारभुत पुर्वाधारहरु पुर्ण छन् । यस वडाले यूवा जनप्रतिनिधि पाएको छ । लामो समय नेपाल विद्यार्थी संघमा आबद्ध रहि राजनीतिमा उदाएका तथा नेपाली काँग्रेस पार्टीको प्रदेश सचिवको समेत जिम्मेवारी सम्हालेका यूवा राजनीतिकर्मी डण्डपानी पंगेनीलाई जनप्रतिनिधिको रुपमा पाएको वडाले आँफुलाई नमुना वडाको रुपमा विकास गर्ने जमर्को थालेको छ । नेकपा एमालेका जगन्नाथ पंगेनीलाई १ सय ९७ मतान्तरले पराजित गर्दै नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष बनेका पंगेनीसँग पब्लिक आवाज पत्रिका र अनलाई संस्करणका सम्पादक अमृत अर्यालले गरेको छोटो भलाकुसारी ।

१. अध्यक्ष ज्यू आराम हुनुहुन्छ ? वडाध्यक्षका रुपमा दुइवर्षको कार्य अनुभव कस्तो रह्यो ?

धन्यवाद, नमस्कार । म आरामै छु । सबै भन्दा पहिले त मलाई आफ्ना विचारहरु राख्ने अवसर प्रदान गरेकोमा पब्लिक आवज प्रति आभार व्यक्त गर्न चाहन्छु । हामी निर्वाचित भए लगत्तै नागरिकका आवश्यकतालाई मसिनो गरी खोज्ने काममा केही समय वित्यो । सिमिति बजेट र असिमित जनआकाँक्षा बीच तालमेल गरेर बजेट बनाउन निकै कठिन रहेछ । यसको अधिकतम सदुपयोग गर्दै वडावासीको आवश्यकता पूरा गर्ने काममाअबलागि परिरहेको छु । यो अवधिमा वडाका कर्मचारी लगायत पालिका प्रमुख, उपप्रमुख सबैको सकारात्मक सहयोग पाएको छु । अझै काम सिक्दै पनि छु । म जनताको सेवागर्न पाउँदा धेरै नै उत्साहित छु ।

२. वडाको विकासलाई कसरी बुझ्नु हुन्छ ? वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?

वडाअध्यक्ष भए लगत्तै हामीले बटोलाई प्राथमीकतामा राखेर काम थालेका हौं । वडामा केही साना खानेपानीका योजनाहरु निर्माण हामीले गरेका छौं । स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच सहज तरिकाले पुग्ने खालका कार्यक्रम हामीले सञ्चालन गरेका छौं । त्यसका लागि सोही अनुशारको बजेट बिनियोजन गरिएको छ । कृषितथा सिंचाईको क्षेत्रमा हामीले १९ वटा कुलाहरु निर्माण सम्पन्न गरिसकेका छौं । सबैजसो विद्यालयहरुमा पूर्वाधार निर्माणका लागि बजेट छुट्टाइएको छ । सबैखाले विकास निर्माणलाई उपभोक्ता समिति मार्फत पारदर्शी बनाईएको छ । हामीले सुशासनमा जोड दिएका छौं । आवाज विहीनहरुको आवाज जनप्रतिनिधि हुनुपर्छ भनेर हामीले जनताको राय÷गुनासो सुनी सोहीअनुशार कामगर्ने प्रयास गरिएको छ ।

३. वडा अध्यक्षको रुपमा कामगर्न कत्तिको सहज हुँदो रहेछ ?

सिमित श्रोत र साधनभएको ठाँउमा कामगर्न त्यति सहज छैन् । स्वभाविक हिसाबले जुन सुकै कामगर्न पनि त्यति सजिलो त छैन तर आम वडाबासीको माया, उहाँहरुले देखाएको सदासयता, मेरा वडा सदस्यहरु र कर्मचारीहरुको सहयोगले मलाई कामगर्न सजिलै भएको महशुस गरेको छु । आम वडाबासीको कामगर्दा मलाई निकै आनन्द आउने गरेको छ । मलाई हरेकको घरदैलोमा पुगेर कामगर्ने मौका मिलेको छ । संघियताको मूलमर्म अनुशार कामगर्न सके यो अभ्यास सार्थक हुनेछ ।

४. जनताको साथ सहयोग कत्तिको पाउनु भएको छ ?

हाम्रो वडामा जनप्रतिनिधिलाई धेरै नै सहयोग मिलेको छ । यहाँका नागरिकले प्रत्यक्षरुपमा मलाई सहयोग गरेको आभास गरेको छु । कहिलेकाँही कतिपय सेवाग्राहीले असजिलो समेत बनाउँछन् । निर्माण गरिएको योजना वा कार्यक्रम मन नपरेपछि विवाद गर्ने, मन प¥यो भने सहयोग र साथपनि दिन्छन् । एउटा वडाध्यक्षले समाजमा बिभिन्न बिचार भएका व्यक्तिहरुको चाहना पुरा गर्न असम्भव पनि भएकाले सहयोग पनि हुन्छ असहयोग पनि हुन्छ । तर अहिलेसम्म असहयोग भएको भन्ने छैन । बरु असहयोग भन्दा सहयोग नै धेरै छ ।

५. जनप्रतिनिधिकाविषयमानागरिकले गुनासो ल्याउने गरेका छन् कि छैनन् ?

समाजमा थुप्रै व्यवहार भएका व्यक्तिहरु हुन्छन् । सबै एउटै हुन्छन् भन्ने पनि छैन । कसको मस्तिष्कमा के सोंच आएको छ, थाहा हुँदैन । काम लिएर भेट्न आउने सबैको चित्तबुझ्छ भन्ने पनि छैन । यसरी कतिपयको चित्त बुझाउन पनि सकिँदैन । यस्तै कतिपय अवस्थामा प्रक्रियागत कागजात नमिल्दा कार्यालयमा आउने सेवाग्राहीहरुको काम रोकिन पुग्छ । त्यस्तो अवस्थामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आफूहरुको काम रोकेको भन्दै सेवाग्राहीले आरोप लगाउने गरेको पनि सुन्नुपरेको छ । तर धेरैजसो कार्यमा जनताले नजानेको खण्डमा जनप्रतिनिधि र कर्मचारीले आवश्यक कार्यहरुमा सहयोग गर्ने गरेका छौं । सकेसम्म गुनासो नै नआउने गरी कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाएका छौं ।

६. पहिलेको व्यस्तता र अहिलेको व्यस्ततामा के फरक छ ?

पहिलेको व्यस्तता भनेको जतिबेला पनि फुर्सद मिल्यो । अहिले त्यस्तो छैन । अहिले कुनै पनि काममा पूर्ण जिम्मेवारी निभाउनुपर्छ । कार्यालयमा सेवाग्राहीहरु समयमै पुग्छन् भन्ने कुराले आफुलाई पनि समयमै कार्यालयमा पुग्नुपर्छ । नागरिकका गुनासा धेरै आउँछन् । ती गुनासाहरुको सम्बोधन गर्नुपर्छ । पहिले कुनै एउटा पार्टीमामात्रै आवद्ध थिए । कहिलेकाँही पार्टी काममा सहभागी भइन्थ्यो । स्थानीयतहको निर्वाचनमा मतदाताहरुले जनप्रतिनिधिका रुपमा चुनेर पठाएपछि अहिले एउटा पार्टीको मात्रै नभएर म साझा व्यक्ति भएकै कारण सोही अनुसारको पदीयमर्यादा र हैसियतले बस्नुपर्छ । जनप्रतिनिधि भएपछि आएको जिम्मेवारी सकेसम्म तत्कालै पुरा गर्ने गर्छु । म सँगपहिले जस्तो फुर्सदको समय छँदैछैन । जनप्रतिनिधि भएपछि अहिले जिम्मेवारी बढेको छ । आएका जिम्मेवारीलाई पुरा गर्दै अघि बढेको छु । जनप्रतिनिधि नहुँदाको अवस्थामा मैले स्थानीय युवा वा अगुवा भएका नाताले आएको समस्या समाधानका लागि पहलगर्दै आएपनि अहिले भने आफैंले समाधान गर्नुपर्ने हुन्छ । जनप्रतिनिधि नहुँदाको समयमा पार्टी, संगठन बिस्तार, नागरिकका काममा सरकार र नागरिकबीच समन्वयको काम हुन्थ्यो भने अहिले आफैै कार्यान्वयन तहमा हुँदा पहिले भन्दाअहिले जिम्मेवारी निकै बढेको छ । त्यतिबेला आजनगरे भोलि गरौंला भन्ने हुन्थ्यो भने अहिले आजको कामआजै गर्नुपर्छ भन्ने जिम्मेवारी बोध पनि भएको छ ।

७. वडामा के–कस्ता विवाद र समस्या आउँछन् ?

थुप्रै प्रकारको समस्या आउँछन् । ती समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो । किनकी समस्या समाधानका लागि बिशेष ध्यान दिन आवश्यक छ । झैझडा, जग्गा जमिनविवाद, सरकारी कार्यालयमा परेको मुद्दा, अन्य सामाजिक समस्याहरु दैनिकजसो आइरहन्छन् । कतिपय मुद्दा आफैंले मिलाएर पठाउने गरेको छु । नमिल्ने मुद्दाहरु स्थानीयतहमा रहेको न्यायीक समितिमा पठाउने गरेको छु ।कतिपय व्यवहारिक विषय सँग जोडिएका सामान्य विवाद वा समस्याहरुमा दुवै पक्षलाई राखेर वडा कार्यालयमै मिलाउँछौं । सामान्य विवादमा दुवै पक्षका गुनासाहरु सुनेर समस्याको गहिराईमा पुगेर दुवै पक्षलाई जितेको महसुस हुने गरी समस्या समाधा नगर्ने गरिएको छ । हाम्रो वडामा भने हालसम्म त्यस्ता कठिन खालका समस्या अझैसम्म आएका छैनन् । वडामा सामान्यतया घरायसी विवाद, सामान्यझै–झगडाका मुद्दाहरु आउँछन् । सबैखाले समस्या र विवादलाई जनप्रतिनिधि र पीडित तथा पीडकको पक्षबीच नै समाधान गर्ने गरिएको छ । साथै वडामा उपभोक्ता समितिमार्फत काम गराउँदा एक पटकमा कुरा नबुझिदिने, सबै कागजपत्रहरु कर्मचारीले नै मिलाइ दिनुपर्ने लगायतका समस्याहरु छन् र हामीले त्यसलाई सहजीकरण गर्दै नागरिककाकामहरु सर्वसूलभरुपमै गरिरहेका छौं । सामान्यतया वडाभित्रका सेवाग्राहीहरु कागजातबिना नै कार्यालय आउने समस्यापनि छ । अपूरा कागजपत्र साथै आवश्यक कागजपत्रहरु हेरेर त्यसलाई सच्याउन सुझावदिने साथै सक्दो सहयोग गर्ने गरेका छौं ।

८. तपाईको कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना रहेको छ ?

काम गर्नुपर्ने त धेरै छन् र गर्छौं भनेका छौं । मेरो कार्यकालमा वडामा खनेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतको क्षेत्रमा स्तरोन्नती गरी वडालाई समृद्धिको बाटोमा पु¥याउने योजना रहेको छ । कृषि क्षेत्रमा विकास गरी वडाका जनतालाई कृषिमा आत्मनिर्भर बनाउने र गाँउघरमा उत्पादन भएका बस्तुहरु बाहिर निर्यात गरी गाँउमा नै रोजगारीको सृजनागर्न योजना मैले बनाएको छु, जुन पुरा गर्छु भन्ने लागेको छ । त्यो योजना कार्यान्वयनका लागि केही कार्यक्रमहरु पनि बनेका छन् । साथै महिला, बालबालिका, दलित, असाहय र अपाङग व्यक्तिहरुलाई समान रुपको हकप्रदान गर्न हाम्रो कार्यकाल खर्च हुनेछ ।

९.वडामा काम गर्न समस्या चाँही के के छन् ?

जनतालाई चेतनाको स्तर बढाउन, विकासमा साझेदारी गराउनअनि यो वडा हाम्रो हो भनी भावना जगाउन अलिक गाह्रो भएको छ ।

१०. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

फेरी पनि यो अवसरका लागि जिल्लाको लोक प्रिय पत्रिका र अनलाईन संस्करण पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु । यो पत्रिकाले जनतालाई सुसुचितहुने अवसर दिएको छ । समाचार प्रवाहमा यसको छुट्टै भूमिका छ । यो पत्रिकामार्फत म आम वडावासी महानुभावहरुलाई के भन्न चाहन्छु भने मैले आफ्नो कामको आफै मुल्याङ्कन गर्ने कुरा आएन । यो त वडा भित्रका आमजनताले मुल्याङ्कन गर्ने कुरा हो । तैपनि म आँफैले भन्नु पर्दा यो २ बर्षको समयमा धेरै कामहरु भएका छन् । थुप्रै सम्भावना बोकेको छ यस वडाले । यस वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं । निकट भबिष्यमा नै यसको परिणाम देखिने गरी आउने छ । थुर्पै योजना बनाएका छौं । धार्मिक, पर्यटन र खेलकुदको विकाससंगै हाम्रो समृद्वि जोडिएको छ । म भाषण र कुरामा भन्दा पनि काममा बिश्वास गर्छु । सबै वडाबासीको सुझाब र सल्लाह अनुसार कामगर्ने प्रतिबद्वता समेत व्यक्त गर्दछु ।

प्रतिक्रिया