४५ औं दिनको पुण्यतिथीमा पूर्वसभापति खगेन्द्रराज रेग्मीको श्रद्धाञ्जलीसभा

स्याङ्जा ।
नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कांग्रेस नेता खगेन्द्रराज रेग्मी निष्ठावान, त्यागी र सबैकालागि आदर्शवान ब्यक्तित्व रहेको बताएका छन् । पार्टी संगठन निर्माणमा उहाँको योगदान अतुलनीय रहेको बताएका हुन् ।
नेपाली कांग्रेस स्याङ्जाका पुर्वसभापति एवं पूर्व सांसद खगेन्द्रराज रेग्मीको ४५ औं दिनको पुण्यतिथि पारेर स्याङ्जा सदरमुकाममा आयोजित श्रद्धाञ्जलीसभा बोल्दै पूर्व मन्त्री समेत रहेका गुरुङ्ले नेता रेग्मीले देखाएको निष्ठाको राजनीतिक मार्गमा हिड्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य सरस्वती तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, प्रदेशसभा सदस्य भोजराज अर्याल र महेश भट्राई, पूर्व सांसद भागवत्प्रकाश मल्ल, कांग्रेस नेताहरु छायाराम खनाल, बुद्धिबहादुर राना (कुमार), पूर्वसभापतिहरु श्रीप्रसाद जि टी, र विश्वप्रेम अधिकारी, प्रेदश सदस्य अजित क्षेत्री र उर्मिला गुरुङ्, कांग्रेस नेताहरु विष्णु पौडेल, युवराज पाण्डे, तारापति सुवेदी, प्रेमराज पौडेल, गोविन्द कुमार कर्माचार्य, भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), नेविसंघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङ, तरुणदलका जिल्ला उपाध्यक्ष रबिन केसी लगायतले पूर्व सभापति रेग्मीले स्याङ्जा कांग्रेसको संगठन, भवन निर्माणमा पुरयाउनु भएको योगदानको चर्चा गरेका थिए ।
पार्टी सभापति एवं संघिय सांसद राजु थापाले नेता रेग्मीको राजनैतिक एवं पार्टी कार्यालयको भौतिक निर्माणमा पुरयाएको योगदानको स्मरण गर्दै जिव्रोको क्यान्सरबाट मृत्युवरण गर्नु भएको अग्रज नेताको स्मरणमा ट्रष्ट स्थापना, शालिक र कार्यालयमा पुस्तकालय निर्माणका लागि जिल्ला कार्य समितिमा छलफलगरि कार्यान्वयन गर्ने बताए । श्रद्धान्जलीसभामा केन्द्रिय सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता डाक्टर शेखर कोइराला, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा स्याङ्जा आउने निर्णय भएता पनि सभापति देउवा अचानक अस्वस्थ्य हुनु भएको, बरिष्ठ नता कोइराला बिराटनगर कार्यक्रम नसकिएकाले आउन नसकेको र महामन्त्री देश वाहिर रहनु भएकाले उपस्थित हुन नसकेको जानकारी गराए ।
कांग्रेस जिल्ला सभापति राजु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यबाहक सभापति केदार काफ्लेले स्व. नेता रेग्मीको जीवनी प्रस्तुत गरेका थिए भने सचिव दामोदर लम्सालले कार्यक्रमको सञ्चालन गरेका थिए ।
प्रतिक्रिया