आफन्त पहिरोमा पुरिएपछी एक्लै भएका रोशनको उद्धार

वालिङ ।

नावालक छदैं रोशनकी आमाले अर्को विहे गरीन् । बाबाले उनलाई लालनपालन गर्न सक्ने अवस्थामा छैनन् । ज्यान पाल्नका लागि भारत हानिएका उनी सुस्त मनस्थिती रहेको बताइएको छ । हजुरआमा गुञ्जेश्वरी शर्माको पहिरोमा परि १ महिनाअघि मृत्यु भएपछि १४ बर्षिय रोशन शर्मा एक्लो भएका थिए ।साहारा विहिन जस्तै बनेका उनी आफ्नो घर र हजुरआमा पहिरोमा पुरिएपछी केही दिन कान्छो हजुरबुवाको घरमा बसेका थिए ।

साहारा विहिन रोशनलाई स्थानीय समाजसेवी डिआर पोख्रेलको सहयोगमा काठमाडौं पु¥याईएको छ । काठमाडौंमा पूर्व कानुनमन्त्री धनराज गुरुङको सहजीकरणमा रोशनले बज्र एकेडेमीमा अध्ययन गर्ने भएका छन् । ललितपुरको बज्र एकेडेमीले रोशनलाई कक्षा १२ सम्म आवासीय सुविधासहित निशुल्क पढाउने भएको छ । उनलाई एक्लो हुन नदिन आफुले सक्दो प्रयास गरेको समाजसेवी पोख्रेलले बताए ।

हजुरआमाको संरक्षकत्वमा हुर्केका रोशन कक्षा ७मा अध्ययनरत छन् । उनी खेल्ने क्रममा घरबाहिर भएकाले पहिरोबाट जोगिएका थिए । असारको चौंथो साता शनिवार स्याङ्जामा बाढीपहिराले वितण्डा मच्चायो । सोही दिन बिरुवा गाउँपालिका ६ स्याङदीका माधव शर्मा, हरिमाया शर्मा र गुञ्जेश्वरी शर्मा मरासीनीको एकै घरभित्र पुरिएर मृत्यु भयो ।

ती दुई घर मध्ये एउटा घरमा पती÷पत्नी (माधव र हरिमाया शर्मा) र अर्को घरमा हजुरआमा÷नाती (गुञ्जेश्वरी र रोशन शर्मा) बस्दै आएका थिए । उक्त दिन साँझदेखि परेको मुसलधारे पानीले राम्चेभ¥याङ् सामुदायिक बनबाट ठूलो पहिरो झ¥यो । सामुदायिक बनमुनि रहेको स्याङ्दी बस्तीलाई छोप्न थालेपछि स्थानीयबासीद्धारा बस्तीमा रहेका २ घरका ४ जनालाई भोलीपल्ट दिउँसो सुरक्षित स्थान लामाखेतको एक घरमा लगेर राखियो ।
‘बर्मा गए पनि कर्मसँगै’ भने झैं भयो । आफ्नो घरको पहिरोबाट जोगिएर भागेका उनीहरुलाई मृत्युले पछ्याउन छाडेन । सुरक्षित मानिएको स्थानमा गएर बस्दा पनि त्यही पहिरो गई उनीहरुको दुखद मृत्यू हुनपुग्यो । स्याङ्दी माथिबाट झरेको पहिरो र ज्यादीखोलाको बाढीले एउटा घर भत्काए पनि अर्को घर भने सुरक्षित नै राहेको छ । पहिरो पनि निकै ठूलो छ । सिंगो बन लछारेर पहिरो बगेको छ । धेरै धनजनको क्षति पुगको छ ।

बन माथिबाट झरेको बाढी सहितको लेदोले स्याङ्दीको एउटा घर छोप्यो र पूरै भत्कायो । तर, अर्को घर भने ठिकै छ । ज्याग्दीखोला किनारमा रहेको सो बस्ती माथिबाट झरेको पहिरो र खोला किनारबाट आएको बाढीले बस्ती असुरक्षित बनायो । जुनसुकै बेला बगाउन सक्ने देखिएपछि स्थानीयले सुरक्षित ठाउँ भनेर लामाखेत ठह¥याए । उही लगेर राख्ने निर्णय बमोजिम उद्धार गरी उनीहरुलाई उतै राखियो । तर, सोही घरमाथि बाट पनि पहिरो खस्यो । सुरक्षित भनेर राखिएको घर झनै असुरक्षित बन्यो । घरभित्र बसेर खाना खादै गरेका उनीहरु माधव, हरिमाया र गुञ्जेश्वरी माथि पहिरो झ¥यो । उनीहरु एउटै घरभित्र पुरिए, त्यही नै मृत्य ुभयो । उक्त स्थानमा नपत्याउदो ठाउँबाट पहिरो झरेको छ । पहिराले परम्परागत शैलीको गाउँघरे ठूलो घर भत्काएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी केही झिक्न नपाएको घरधनीको भनाई छ ।

उक्त पहिरोमा बाबुआमा (माधव÷हरीमाया) दुवै गुमाएका गोविन्दराज शर्माको पनि समाजसेवी पोख्रेलमार्फत उद्धार गरिएको छ । पोखराको ग्यारेजमा काम गर्दै आएका माधव÷हरीमायाको कान्छो छोरा गोविन्द शर्मा मरासिनीलाई पनि उद्धार गरी स्नातक तह पढ्ने व्यवस्था मिलाईएको पोख्रेलले बताए । मासिक ८ हजार रुपैंयामा काम गर्दै आएका शर्मालाई पोख्रेलको पहलमा कलेज पढ्ने व्यवस्था मिलाईएको हो । अर्काे जागिर खोजेर पोखराको जनप्रिय क्याम्पसमा पढ्ने व्यवस्था मिलाएको पोख्रेलले बताए ।

 

प्रतिक्रिया