वालिङमा बढ्दो बैदेशिक आकर्षण, कारण र समाधान खोजिदै

वालिङ ।
वालिङमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । दुर्गाखिमा फाउण्डेसनले बढ्दो वैदेशिक आर्कषण, कारण र समाधान विषयक जिल्लास्तरीय वक्तित्वकला प्रतियोगिताको आयोजना गरेको हो । भेषजराज साहित्य प्रतिष्ठानको व्यवस्थापनमा २६ गते सोमबार वालिङ ८ रेडपिपरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । कार्यक्रममा दुर्गाखिमा फाउण्डेसनका अध्यक्ष बेनिमाधव कँडेल (गोपाल) ले आँफू समेत वैदेशिक रोजगारीको शिलशिलामा बाहिर रहेको भन्दै विदेश, सिमित समयका लागी जानुपर्ने भन्दै आफ्नो जन्मभुमिका कुनै न कुनै योगदान दिन आवश्यक रहेको बताए । विदेशमा बसेर देशलाई लागी गलौज गर्ने, राजनीतिकदल तथा अन्य विषयमा अनावश्यक टिका टिप्पणी गर्नु गलत हो । हामी पहिला आफ्नो भुमिका लागी के योगदान ग¥यौँ भन्ने स्वमुल्याक गर्नुपर्छ । विदेश जानुपर्छ त्यहाँको सिप र पुँजीलाई स्वदेशमै लगानी गर्न आवश्यक छ भन्ने सुझाव कँडेलको थियो ।
शैक्षिक, स्वास्थ्य, बालबालिकालगायत सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले ५ वर्ष अगाडि स्थापना भएको फाउण्डेसनले दुर्गाखिमा स्मृति छात्रवृत्ति वितरण, विद्यालयमा स्वच्छ पिउने पानीका लागी प्रशोधित मेसिन, कोरोना कालमा प्रभावितहरुलाई सहयोग गरेको भन्दै यसपटक समसामयिक विषयमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा आर्कषित गर्नका लागी यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कँडेलले बताए । फाउण्डेसनले आफ्नो स्रोत पारिवारिक आम्दानीको केहि प्रतिशतलाई बनाएको भन्दै अन्य कुनै संघसंस्थाबाट फाउण्डेसनले सहयोग नलिएको अध्यक्ष कंडेलले बताए ।
वक्तृत्वकला प्रतियोगितामा जिल्लास्थित माध्यमिक विद्यालयका १२ कक्षासम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहनेछ । २६ गते विहान १० बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने क्रमशः नगद २५ हजार, १५ हजार, ७ हजार ५ सय, ५ हजार र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाकोे साहित्यिक सम्मान एवम् रचना वाचन र साहित्यिक यात्रा गर्ने प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताए । प्रतिष्ठानले यही कात्तिक २७ गते भेषजविन्दु पुरस्कार एवम् भेषजराज साहित्यिक सम्मान, समर्पण तथा ७८ औं नियमित रचना वाचन र साहित्यिक यात्रा गर्ने भएको हो । वालिङलाई कार्यक्षेत्र बनाएर सिंगो जीवन नै शिक्षणसेवासंगै साहित्य सेवामा बिताउनुभएका साहित्य साधक भेषजराज शर्माको साहित्यिक योगदानलाई सामाजिक हितमा लगाउने उद्देश्यले २०६३ सालमा स्थपना भएको प्रतिष्ठानले सम्मान पुरस्कार तथा रचना वाचन कार्यक्रम गर्दै आएको छ ।
प्रतिष्ठानले स्थापनाकालदेखि भेषजराजले लेखि छोड्नुभएका कृतिहरुलाई प्रकाशन गर्ने, आफ्नै कोखबाट सन्ततिको सुखको अनुभवबाट वञ्चित हुनुभएका जोडिको नामबाट भोषजबिन्दु साहित्यिक पुरस्कार, भेषजराज साहित्य सम्मान वार्षिक रुपमा २०७४ सालदेखि नै प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष खनालले बताए । हरेक महिना फरक फरक स्थानहरु, विद्यालय, टोलहरुमा पुगेर प्रतिष्ठानले अन्तरनिहित साहित्यिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले रचना वाचन गर्दै आएको अध्यक्ष खनालले बताए ।
साहित्यिक यात्रा वालिङदेखि गल्याङ नगरपालिका १ मालुङ्गास्थित उत्तरवाहिनीसम्म हुने प्रतिष्ठानले जनाएको छ । साहित्यिक यात्रा विहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । भेषजविन्दु साहित्यिक पुरस्कार प्रा.डा. कृष्णप्रसाद न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष खनालले जानकारी दिए । यसैगरी भेषजराज साहित्य सम्मान डा. तर्कना शर्मालाई प्रदान गरिने भएको छ । पुरस्कार, सम्मान र रचना वाचन कार्यक्रम उत्तरवाहिनी गुरुकुल विद्यालयमा हुने छ । पत्रकार सम्मेलनको सञ्चालन भेषजराज प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुंगानाले गरेका थिए ।
प्रतिक्रिया