सम्मान र स्वास्थ्य शिविर गर्दै खुमा फाउण्डेसन

भीरकोट ।
सामाजिक उत्तरदायित्वमा महत्वपुर्ण भुमिका खेल्दै आएका खुमा अर्याल फाउण्डेसनले खेलाडीलाइ सम्मान र बृहत स्वास्थ्य शिविर आयोजना गर्दै छ । पाउण्डेसनको स्थापना दिवसको छैठौ बर्ष प्रवेशको पुर्व सन्ध्यामा विशेषज्ञ डाक्टर सहित स्वास्थ्य शिबिर तथा खुला रक्तदान र क्रिकेट खेलाडीलाई सम्मान कार्यक्रम आयोजना गर्ने भएको हो ।

नेपाल रेडक्रस सोसाइटी स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा आउदो मंसिर ५ गते कालिका बहुमुखी क्याम्पस बल्माटा भीरकोटमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएका छन् । उक्त शिबिरमा गण्डकी मेडिकल कलेज पोखराका विशेषज्ञ डाक्टरहरु द्वारा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा , नाक कान घाँटी रोग सेवा, स्त्री रोग सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो ए–क्सरे सेवा फार्मेसी सेवा विशेषज्ञहरु बाटै प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।

नेपालका प्रतिस्ठित व्यावसायी एवं समाजसेवी खुमा अर्याल फाउन्डेसनका नाममा स्थापना भएको यस सस्थाले स्थापना काल देखिनै शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदको क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । शिबिरमा आउने बिरामीहरुलाई मध्यनजर गरेर उक्त दिन करेन्डाडा, बयरघारी तथा अर्जुनचौपारी बाट शिविर स्थान सम्म निशुल्क यातायातको ब्यबस्था गरिएको सस्थाका सचिब ध्रुब शर्माले जानकारी दिए । उनका अनुसार सोही अवसरमा हालै युएईईमा सम्पन्न क्रिकेट खेलकुदमा सहभागी भएका तीनजना महिला खेलाडीलाई जनही १ लाखका दरले सम्मान गरिने छ । क्रिकेट खेलकुदमा स्याङ्जाबाट तीन जना महिला खेलाडी सहभागी भएका थिए । क्रिकेट खेलकुद मार्फत देशलाई चिनाउने र बिजयी बनाउन भुमिका खेलेको भन्दै सम्मान गर्न लागिएको हो ।

 

प्रतिक्रिया