अर्यालको नेतृत्वमा विद्यालय खेलकुद महासंघ

स्याङ्जा ।

विद्यालयस्तरबाट खेलाडी उत्पादन र खेलकुदको विकास गर्ने उद्देश्यले नेपाल विद्यालय खेलकुद महासंघ स्याङ्जा जिल्ला कार्यसमिति गठन गरिएको छ । प्याब्सन पूर्व केन्द्रिय सदस्य अमृत अर्यालको नेतृत्वमा गठन गरिएको विद्यालय खेलकुद महासंघ स्याङ्जाले राष्ट्रव्यापी रूपमा विद्यालय खेलकुदको अवधारणालाई कार्यान्वयन गर्नमा काम गर्ने उद्देश्य राखेको छ । समितिको उपाध्यक्षमा तारा बहादुर गुरुङ (शमसेर), यदु कुमार थापा, सचिवमा रिबन बि.क., कोषाध्यक्षमा अमृता हमाल बस्नेत रहेका छन् । समितिको सदस्यहरूमा एलबी गुरुङ, नारायण काफ्ले, नासीर खाँ, महेन्द्र थापा, द्रवेन्द्रदेव खनाल र प्रमिला अधिकारी क्षेत्री रहेको अध्यक्ष अर्यालले जानकारी दिए । विद्यालयस्तरबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्दै खेलकुदको विकासमा सहयोग गर्ने लक्ष्य सहित कार्यसमिति गठन गरिएको अध्यक्ष अर्यालले बताए । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद विकास परिषदद्वारा मान्यता प्राप्त विद्यालय खेलकुद महासंघ ७७ जिल्ला, सात प्रदेश र केन्द्रीय कमिटी गठन हुनेछ ।

प्रतिक्रिया