अर्जुनचौपारीमा वक्तृत्वकला प्रतियोगिता

भीरकोट ।

“लैङ्गिक हिंसा निवारणमा नागरिकको भुमिका¨ शिर्षकमा भएको खुल्ला वक्तृत्वकला प्रतियोगितामा दिपीका अर्याल प्रथम भएकी छन् । १२ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै अर्यालले प्रथम स्थान ओगट्न सफल भएकी हुन् । यस्तै द्धितीय सुलता थापा मगर र तृतिय प्रविन विक भएकी छन् भने नन्दकली तिवारीले सान्तवना स्थान प्राप्त गेकी छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अर्जुनचौपारीमा पनि विभिन्न प्रकारका हिंसा हुने गरेको बताउदै विस्तारै निस्तेज पार्ने क्रममा रहेको बताए । केही हिंसा अझै भित्र लुकेर रहेकाले तिनको सुस्म अध्ययन भइरहेको बताए । यस अभियानमा आमा समुह तथा स्वास्थ्य स्वयंसेविका सबैको साथ चाहिने तिवारीको भनाई थियो ।

कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, पालिका प्रवक्ता धन बहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केशी ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रतिस्पर्धीका साथै आमा समुहका प्रतिनिधि, महिला स्वयंसेवीका, विद्यार्थीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया