प्रजनन् स्वास्थ्य संरक्षणमा जोड दिदैं भीरकोट
भीरकोट ।
नेपाललाई प्रजनन् स्वास्थ्य अधिकारका क्षेत्रमा सबल कानुनी व्यवस्था भएको देशका रूपमा चिनिन्छ । सोही अनुशार प्रजनन स्वास्थ्यमा जोड दिएको पाईन्छ । ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि भीरकोट नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ। ३ ठाउँमा सञ्चालन भएको शिविरमा १ सय ५५ जना महिलाले सेवा लिएका छन्। शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै प्रजनन उमेरका महिलाको अन्य जाँच तथा प्रजनन् स्वास्थ्य रुग्णताको स्कृनिङ्गसम्बन्धी सेवा प्रवाह भएको छ।
पहिलो दिन कालिकाकोट स्वास्थ्य केन्द्रमा, दोश्रो दिन ढापुक स्वास्थ्य केन्द्र र तेस्रो दिन महेन्द्रज्योती मावि कोलडाँडामा शिविर सञ्चालन गरिएको थियो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अञ्जु सापकोटाले पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएकाले परीक्षण शिविर सञ्चालन गरिएको बताइन् । “स्वास्थ्य शाखामा दैनिक क्यान्सर सङ्क्रमित बिरामी सिफारिस लिन आउने गरेका छन्”, उनले भनिन्, पाठेघर र स्तन क्यान्सर बढी देखिएको छ। समयमै उपचार भएमा क्यान्सरबाट बच्न सकिने भएकाले पालिकाले गाउँगाउँमा शिविर सञ्चालन गरेको हो।”


प्रतिक्रिया