स्याङ्जाका पत्रकारको स्वास्थ्य परिक्षण

स्याङ्जा ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्याङ्जामा पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको आयोजना, वालिङ नगरपालिकाको सहयोग र गह्रौँ प्राथमिक अस्पताल वालिङको प्राविधिक सहयोगमा शनिबार गह्रौँ प्राथामिक अस्पतालमा पत्रकारहरुका लागी नसर्ने रोग, आँखा परिक्षण तथा महिला पत्रकाहरुका लागी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो ।
शिविरमा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले स्याङ्जाको पत्रकारीता विकास र दक्षताका लागी वालिङ नगरपालिका सँधै साथमा रहेको बताइन् । वालिङ स्याङ्जाको केन्द्र हो उपप्रमुख गैह्रेले भनिन्,‘नगरको विकासका लागी पत्रकारहरुको सुझावको पनि आवश्यकता देखेका छौं ।’ जनप्रतिनिधिले नदेखेका धेरै विषय पत्रकारहरुको आँखाबाट देख्ने भएकाले नगरकोे विकासका लागी पत्रकारहरुको अमुल्य सुझाव र सल्लाहका साथ हामी अगाडि बढ्नेछौँ उनले भनिन् । वालिङको छुट्टै गरिमा र पहिचान गरेकाले यसको साख बचाउँदै थप उचाईमा पु¥याउन तथा नगरका सकरात्मक कार्यहरुहरुलाई आम नागरिकसमक्ष पु¥याउन र कमीकमजोरी औँल्याउन पनि पत्रकारहरुले भुमिका खेल्ने उपप्रमुख तिवारीको भनाई थियो ।
कार्यक्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङका अध्यक्ष तथा वालिङ नगरपालिका निर्वतमान प्रमुख दिलिपप्रताप खांणले राज्यको चौँथो अंगको रुपमा रहेको पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेलगायतले पत्रकारहरुप्रति पछिल्लो समय सामाजिक सञ्जालहरुमा आक्रमण भईरहेको भन्दै यसका लागी पत्रकारिताको छवि पनि स्वस्च्छ राख्न आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदिप कोईरालाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नसर्ने रोगसंगै आँखाको जाँच समेत थप गरेर यो शिविरको आयोजना गरिएको भन्दै सँधै समाज र राष्ट्रको शुसासन र स्वास्थ्यको चिन्ता गर्ने पत्रकारहरुले आफ्नै स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्नेमा जोड दिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले महिला पत्रकारहरुका लागी पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने तथा नसर्ने रोगहरुको परिक्षण गर्ने परिपत्र नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयलाई गरेकाले महासंघ स्याङ्जा शाखाले यो शिविरको आयोजना गरेको बताए । सधै रिपोर्टिङमा मात्रै खटिनुपर्ने पत्रकारहरुलाई स्वास्थ्य शिविरबाट स्वास्थ्य परिक्षणको शिविरको आयोजना स्वागतयोग्य रहेको उपाध्यक्ष माधव गैह्रे र सहसचिव कला रानाले बताए ।
कार्यक्रममा ७ जना महिला पत्रकारहरुको पाठेघरको मुख क्यान्सरको स्क्रिनिङ, २४ जना पत्रकारहरुले आँखा, मुटु, सुगर, उच्च रक्तचाप, मृगौलाको परिक्षण गराएका छन् । शिविरमा गह्रौँ प्राथामिक अस्पतालका विशेषज्ञ डाक्टर सुमन थपलिया, मेडिकल अधिकृत डा. रोशन रेग्मी, अस्पताल नर्सिङ निरिक्षक भोजकुमारी शर्मा, ल्याब असिष्टेन्ट निरिक्षक इश्वर कोईरालालगायतको टोलीले सेवा दिएका थिए ।
प्रतिक्रिया