राज्यकोषमा सहयोगी बन्दै हरिनारायण

स्याङ्जा ।

गएको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको भन्दै स्याङ्जाका समाजसेवी ७२ वर्षिय हरिनारायण शर्माले सरकारको कोषमा जम्मा हुनेगरी एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।

पुतलीबजार नगरपालिका–३ बरसारे निवासी कृषक शर्माले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको कक्षमा पुगेर सो रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै जेन–जीको २३ गते भएको शान्तिपूर्ण आन्दोलनमा भएको नरसंहारमा ज्यान गुमाउने युवा प्रति श्रद्धान्जली व्यक्तगर्दै २४ गतेको आन्दोलनमा घुसपैठ, तोडफोड र आगजनीका कारण भएको अपुरणीय क्षति प्रति दुःख ब्यक्त गरे ।

घटनामा क्षति पुगेका भौतिक संरचनाको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान र राहतलगायतका कार्यका लागि उपलब्ध गराउनेगरी नेपाल सरकारले अनुरोध गरेको छ । समाजसेवामा समर्पित शर्माले यसअघि पनि कोरोनाकाल, बाढीपहिरो, आगलागीका समयमा पनि पटक—पटक रकम उपलब्ध गराउदै आएका छन् ।

प्रतिक्रिया