राजन अर्यालको दोस्रो प्रस्तुति ‘ढाट्यो मायाले’ सार्वजनिक
भीरकोट ।
स्याङ्जा भीरकोटका गायक तथा सर्जक राजन अर्यालको दोस्रो सांगीतिक प्रस्तुति ‘ढाट्यो मायाले’ सार्वजनिक भएको छ । प्रेम र विश्वासघातको कथालाई समेटेर तयार गरिएको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द राजन अर्याल स्वयंको रहेको छ भने संगीत श्रीधर अधिकारीले तयार गरेका छन् । सार्वजनिक गीतमा प्रेम सम्बन्धमा आउने उतारचढाव, वाचा र भावनामा हुने परिवर्तन तथा त्यसले सिर्जना गर्ने पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीतको बोल र संगीतले प्रेममा धोका पाएका व्यक्तिको अनुभूति व्यक्त गर्ने प्रयास गरेको देखिन्छ ।
भिडियोमा राजन अर्यालसँगै रचना न्यौपाने र सन्दिप ज्ञावलीको अभिनय रहेको छ । दृश्यांकन, छायांकन तथा सम्पादनमार्फत गीतको भावलाई जीवन्त बनाउने प्रयास गरिएको भिडियो दर्शकमाझ आकर्षक बनेको छ । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताको सकारात्मक प्रतिक्रिया पाउन थालेको छ । यसअघि पनि सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका राजन अर्यालले दोस्रो प्रस्तुति स्वरुप ‘ढाट्यो मायाले’ सार्वजनिक गर्दै आफ्नो सिर्जनात्मक यात्रालाई थप विस्तार गरेका छन् । गीतमा प्रेमका सुखद र दुःखद दुवै पक्षलाई समेटिएकाले युवा पुस्ताले यसलाई सहजै आत्मसात् गर्न सक्ने विश्वास गरिएको छ । ‘ढाट्यो मायाले’ गीत राजन अर्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया