नीति तथा कार्यक्रम सफल बनाउन सबै लाग्नुपर्छ : सांसद थापा

काठमाण्डौं ।
कांग्रेस सांसद राजु थापाले नीति तथा कार्यक्रम सरलीकृत भाषामा सकारात्मक आएको बताएका छन् । आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम आएको र अब यसलाई लागू गराउने जिम्मेवारी संसद्का सबै राजनीतिक दलको रहेको बताए। उनले भने, ‘विशेष गरी शिक्षा, रोजगारीलाई महत्त्व दिएको छ, नीति तथा कार्यक्रमले देशलाई विकासको बाटोमा अगाडि बढाउनुपर्छ ।’
विगतका नीति तथा कार्यक्रमलाई सफल बनाउन नसकिएकोप्रति संकेत गर्दै थापाले सत्तापक्ष र विपक्षी दल मिलेर नीति तथा कार्यक्रमलाई लागू गराउनुपर्नेमा जोड दिए । उनले नीति तथा कार्यक्रमलाई राजनीतिक अस्थिरता, कमजोर संस्थागत क्षमता, भौगोलिक जटिलता, कर्मचारीतन्त्र, सामाजिक र सांस्कृतिक प्रभाव, तीन तह सरकारको समन्वयको अभाव र बढ्दो भ्रष्टाचार जस्ता कारणले देशको नीति तथा कार्यक्रमलाई प्रभाव पार्ने गरेको उल्लेख गरे ।
युवालाई बिदेसिन रोक्नका लागि र रोजगारीसँग जोड्नका लागि नीति तथा कार्यक्रमले रोजगारी दशकको परिकल्पना गरेकोले २०३० सम्म धेरै युवालाई रोजगारी दिन सकिने सांसद थापाले बताए ।
प्रतिक्रिया