मुख्यसचिव अर्याल सहित सुरक्षाका उच्च अधिकारी स्याङ्जा आउदै

स्याङ्जा ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल सहितको सुरक्षाका उच्च अधिकारीहरु शनिवार स्याङ्जा आउदैछन् । मुख्य सचिव बहाली भएपछि आफ्नो गृहजिल्लामा दोस्रो पटक सुरक्षाका उच्च अधिकारी सहित अर्याल स्याङ्जा आउन लागेका हुन् । मुख्य सचिव अर्यालसगँ नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा स्याङ्जा आउने सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिए ।

स्याङ्जा सदरमुकाम पुतलीबजारमा नवनिर्मित राष्ट्रिय अनुसन्धान कार्यालय भवनको समुदघाटन मुख्य सचिवले गर्ने तालिका अनुसार शनिवार स्याङ्जा आउन लागेको सहाहयक प्रजिअ पौडेलले बताए । सहायक प्रजिअ पौडेलका अनुसार स्याङ्जाको एतिहासिक धार्मिक स्थल पुतलीबजारको सतौचण्डी र वालिङको गह्रौसुर मन्दिर दर्शन गर्ने कार्यक्रम समेत रहेको छ । शनिवार स्याङ्जा आउने कार्यक्रम अनुसार मुख्य सचिव सहित सुरक्षाका उच्च अधिकारीहरु शुक्रवार नै पोखरा आइपुगेको बताइएको छ ।

मुख्य सचिव अर्यालले आफ्नो गृह जिल्लामा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकदल, जनप्रतिनिधिहरु लगायतको सहभागितामा स्याङ्जाको विकासका बारेमा समेत छलफल र अन्तरक्रिया गर्ने बताइएको छ । अन्तरक्रिया स्याङ्जाको वालिङमा रहेको गह्रौसुर मन्दिरमा हुने जानकारीमा आएको छ । मुख्य सचिवसगै नेपाल प्रहरीका गण्डकी प्रदेशका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख र काठमाण्डौ, कास्कीका प्रमुख जिल्ला अधिकारीहरु समेत सहभागिता रहने तालिका उल्लेख छ । स्याङ्जामा पहिलो पटक नेपाल सरकारको कर्मचारी प्रशासनमा मुख्य सचिव सहित उच्च अधिकारीहरुको सहभागिता हुदैछ । यो सहभागितालाई स्याङ्जावासीले गौरवको बिषय ठानेका छन् ।

प्रतिक्रिया