शुभलक्ष्मी सहकारीको वार्षिकोत्सव

भीरकोट ।
भीरकोटको शुभलक्ष्मी सहकारी संस्थाले मंगलवार आफनो १२ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले २ हजार ६० सेयर सदस्यहरुबाट २ करोडको सेयर पुँजी बनाउन सफल भएको छ । आगामी आर्थिक वर्षका लागि सेयर सदस्य २ हजार ५ सय पुर्याउने र सेयर पुँजी झण्डै ३ करोड पु¥याउने योजना सहकारीले अघि सारेको छ । बचत तथा ऋण कारोवारमा सहजीकरण गर्ने गरी वि .सं. २०७० असार ३ गते शुभलक्ष्मी सहकारी बयरघारीमा स्थापना भएको हो ।
संस्थाको वार्षिकोत्सवको अवसरमा मुद्धती खातामा रकम जम्मा गर्नेलाई १ प्रतिशत बढी ब्याज दिने र कर्जा लिनेलाई १ प्रतिशत कम गर्ने घोषणा गरेको छ । संस्थाले गर्भदेखि १६ बर्षसम्म मुना बचत र सैनिक सम्मान बचतको अबधारणा अघि सारेको छ । मुना बचत अन्तर्गत गर्भवती महिलालाई १ हजार पोषण भत्ता प्रदान गरिनेछ भने बच्चा जन्मिएपछी १ हजार जम्मा गरी खाता खालिदिने र बचतलाई प्रोत्साहन गरिने जनाएको छ ।
संस्थाको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले गरेका थिए । संस्थाका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा भीरकोटका निर्वतमान नगरप्रमुख छायाराम खनाल, भीरकोट उ.वा.संघका अध्यक्ष नुवादत्त अर्याल, शेयर सदस्य सुशिला थापा, सन्त निरंकारी मण्डलका भिमबहादुर थापा, सेयर सदस्य लालबहादुर खत्री, प्रविण बिक्रम खाँण, प्रेमप्रसाद खनाल, बचतकर्ता लिलावती खत्री, पत्रकार अमृत अर्याल, लायन्स क्लबका अध्यक्ष ढाकाराम खनाल लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन संस्थाका प्रवन्धक किरण केसीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष तारक बहादुर केसीले राखेका थिए ।
प्रतिक्रिया