सिद्धार्थ राजमार्ग खण्ड—खण्डमा निर्माण गर्ने योजना

स्याङ्जा ।
नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०८२/०८३ को बजेटमा सिद्धार्थ राजमार्गको स्तरोन्नती गर्ने घोषणा अनुसार निर्माण कार्य शुरु हुने भएको छ । राजमार्गलाई स्तरोन्नती कार्यलाई कार्यन्वयन गर्न नेपाल सरकारकाले २५ करोड बजेट छुट्टाएको सडक विभागले जनाएको छ । सिद्धार्थ राजमार्ग बन्दैन भन्ने हल्ला सामाजिक संजालमा आउन थालेपछि पब्लिक आवाजले सडक विभागका प्रवक्ता ई.प्रभात् कुमार झालाई सम्पर्क गरेर प्रश्न गर्दा सिद्धार्थ राजमार्गको काम आगामी आर्थिक बर्षबाट शुरु हुने बताए ।

सरकारले सिद्धार्थ राजमार्गको स्तरोन्नती गरिने छ भन्ने मात्रै घोषणा गर्नु र बजेट नछुट्टीदा स्याङ्जावासीले विश्वास गरेनन् नी भनेर पव्लिक आवाजको प्रश्नमा प्रवक्ता झाले भने,‘राजमार्गको निर्माण कार्यको शुरुवात हुदैछ, यसको कार्यन्वयनका लागि बजेट छुट्टी सकेको छ ।’ सडक बन्दैन भन्ने हल्लामा नलागौं, एकैचोटी राजमार्ग बन्ने होइन, खण्ड—खण्डमा सडकको काम हुन्छ उनले भने । नेपालमा बनेका सडकको एकैचोटी कहाँ काम भएको छ प्रवक्ता झाले भने,‘सिद्धार्थ राजमार्ग चरणबद्ध रुपले काम हुन्छ ।’ अहिले सम्म नेपालमा बनेका सडकहरुमा सडक विभागले नै हेर्ने गरेकोमा सिद्धार्थ राजमार्गको हकमा छुट्टै आयोजनाको कार्यालय खुल्दै छ उनले भने ।

केहीदिन यता सामाजिक संजालमा जिम्मेवार व्यक्तिहरुले नै सिद्धार्थ राजमार्ग बन्ने हल्ला मात्रै हो भन्ने उल्लेख गरेपछि स्याङ्जावासीमा निरासा छाएको थियो । तर सडक विभागका प्रवक्ताले सिद्धार्थ राजमार्गको काम हुने तयारीमा रहेको जानकारी दिएपछि जिल्लावासी आशामा बसेका छन् । आयोजनाको कार्यालय पाल्पा वा पोखरा रहन सक्ने बिषयमा छलफल भएपनि स्थानको टुङ्गो भने लाइनसकेको प्रवक्ता झाले बताए । आयोजनाको कार्यालय शुरु भएपछि छुट्टै दरबन्दी कायम गरीने पनि उनले बताए ।

 

प्रतिक्रिया