नेपाल आदर्शलाई एक्सलेन्ट अवार्ड

वालिङ ।
स्याङ्जा जिल्लामै गुणस्तरीय शैक्षिक गतिविधिमा अब्वल बनाउन सफल नेपाल आदर्श माध्यमिक विद्यालय चरणबद्ध पुरस्कृत हुदै आएको छ । शिक्षाको गुणस्तरलाई जिल्लाभरका विद्यालयहरु मध्ये अग्रस्थान कायम गर्दै आएको नेपाल आदर्श विद्यालय नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ वाट सम्मानित भएको छ । फोकस नेपाल नामक संस्थाले काठमाडौंमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर डुम्रे र विद्यालयका प्रिन्सिपल होमकान्त गौतमलाई उक्त अवार्ड प्रदान गरेको हो ।
माध्यमिकतहको गुणस्तर, पूर्वाधार र व्यवस्थापनमा उत्कृष्टता हाँसिल गरेको भन्दै गण्डकी प्रदेशका दुई विद्यालय नेपाल आदर्श वालिङ र प्रतिभा मावि पोखरालाई नेशनल एजुकेशन एक्सलेन्स अवार्ड २०२५ ले सम्मान गरेको विद्यालयका प्रिन्सिपल गौतमले जानकारी दिए । उक्त अवार्ड नेपाल सरकारका पूर्व अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा प्रदान गरिएको थियो । एक्सलेन्स अवार्ड २०२५ बाट देशका दुई दर्जन विभिन्न विधालयहरुलाई प्रदान गरिएको बताइएको छ ।
गण्डकी प्रदेशबाट दुई विद्यालयले अवार्ड पाउन सफल भएकाछन् । स्याङ्जाको वालिङमा रहेको नेपाल आदर्श विद्यालय अवार्ड पाउन सफलता हासि गरेसगै विद्यालय परिवार, अभिभावक र सिंगो जिल्लालाई शैक्षिक गुणस्तरमा चिनाउन सफल भएकोमा खुशी व्यक्त गरिएको छ । अवार्ड प्राप्त गरेपछि शैक्षिक गुणस्तरमा अझै जिम्मेवारी बढेको विद्यालयको भनाइ छ । जिल्लामै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको नेपाल आदर्श विद्यालयमा भर्ना हुनुपुर्व विद्यार्थीले परिक्षा पास गर्नुपर्ने व्यवस्था मिलाइएको छ । यसभन्दा अगाडी यो विद्यालयले गण्डकी प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयबाट प्रदेशस्तरीय शैक्षिक उत्कृष्टता पुरस्कार प्राप्त गरेको थियो ।
माध्यमिक शिक्षा परीक्षा एसइई २०८० सालमा संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेको आधारमा उक्त विद्यालयलाई गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा आयोजित विशेष समारोहमा सम्मानित गरेको हो ।
प्रतिक्रिया