नदीजन्य वस्तु ओसारपसार गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

वालिङ

अवैध रूपमा ढु‌ङ्गा ओसारपसार गर्ने २ ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गल्याङ नगरपालिका वडा नम्बर ५ रूखापानी र घिमिरेखोलामा अवैध रूपमा ढु‌ङ्गा ओसारपसार गर्ने २ वटा ट्याक्टरलाई इलाका प्रहरी कार्यालय जैपते स्याङ्जाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधनहरूमा ग १ त ७१५५ र लु ४त ६५६७ नम्बरको ट्याक्टरहरू रहेका छन्। अवैध रूपमा ढुङ्गा ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएका ट्याक्टरलाई वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कानूनी प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

प्रतिक्रिया