स्याङजामा बोलेरो दुर्घटना १७ घाईते
हिमाल न्यौपाने,
स्याङ्जा ।
स्याङजामा बोलेरो जिप दुर्घटना हुदा १७ जना घाईते भएका छन । स्याङजाको गल्याङ देखि कालिगण्डकी गाउँपालिकाको कोटाकोट जाँदै गरेको लु १ ज ३१७४ नम्वरको बोलेरो जिप कालिगण्डकी गाउँपालिका ७ मिर्मि आरुखरकमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । जिप सडकवाट झन्डै ३० मिटर तल खसेको छ । दुर्घटनामा परि जिपमा सवार १८ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको कालिगण्डकी अस्पताल मिर्मिमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख दधिराम न्यौपानेले बताए । घट्नाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया