जीप दुर्घट्नामा घाइतेको संख्या २० पुग्यो, नामावली सहित

स्याङ्जा ।
स्याङ्जाको गल्याङबाट मिर्मीतर्फ जादै गरेको लु १ ज ३१७४ नम्बरको जीप दुर्घट्ना हुँदा २० जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका ७ स्थित आरुखर्क भन्ने स्थानमा बोलेरो जीप दुर्घट्ना भएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्न चौधरीका अनुसार जीप सडकबाट झण्डै २५ मिटर तल खसेर दुर्घट्नामा परेको थियो ।

जीपमा सवार २० जना मध्ये अधिकांश सामान्य घाइते रहेको र केहीलाई थप उपचारका लागि पाल्पातर्फ पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइतेको कालिगण्डकी अस्पताल मिर्मीमा उपचार भइरहेको छ । जीपमा १२ जना महिला, ८ जना पुरुष रहेका मध्ये २ जना बालवालिका रहेको बताइएको छ । अधिकांश घाइतेको हातखुट्ट, टाउको, ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप चालक गल्याङ न.पा. ७ चोक बस्ने वर्ष ३७ को लोक बहादुर सिंजाली, कालिगण्डकी गाउँपालिका वडा नम्बर–०४ बलाम बस्ने वर्ष ३५ कि यमकला पाण्डे, कालिगण्डकी गा.पा. ६ बस्ने वर्ष ४५ कि नरमायाँ चुहान, कालिगण्डकी गा.पा. ४ बस्ने वर्ष ४२ कि रुपमायाँ राना, कालिगण्डकी गा.पा. ४ बस्ने रुप मायाँ रानाको छोरा वर्ष १० को रुपम राना, कालिगण्डकी गा.पा. २ बस्ने वर्ष १९ कि लक्ष्मी थापा घाइते भएका छन् ।

यसैगरी कालिगण्डकी गा.पा. ९ बस्ने वर्ष २७ को शक्ती भट्टराई, कालिगण्डकी गा.पा. २ कोटाकोट बस्ने वर्ष १९ कि कृष्ण राना, तिनाउ गा.पा पाल्पा ३ बस्ने वर्ष २५ कि सुस्मा सुनार, पाल्पा तिनाउ गा.पा ३ बस्ने वर्ष २९ कि अप्सरा सुनार, स्याङ्जा वालिङ न.पा. ८ बस्ने वर्ष २९ कि जानुका भण्डारी, वालिङ न.पा. ८ बस्ने जानुका भण्डारीको छोरी वर्ष ७ कि आरोही भण्डारी, वालिङ न.पा. १४ बस्ने वर्ष १९ कि तुलसा डुम्रे, जिल्ला गुल्मी कालिगण्डकी गा.पा. १ बस्ने वर्ष ६० को तारापती पाण्डे, स्याङजा गल्याङ न.पा. ११ बस्ने वर्ष २० को रबिन परियार, कालिगण्डकी गा.पा. २ बस्ने वर्ष २५ को पुर्ण बहादुर राना, कालिगण्डकी गा.पा. ७ बस्ने वर्ष ६४ को शालिकराम पाण्डे, वालिङ न.पा. १४ बस्ने बर्ष ३९ की उमा डुम्रे, गल्याङ न.पा ४ कुरुङचे बस्ने बर्ष २५ की बिष्णु मायाँ– न्यौपाने र गल्याङ ९ तिरडाँडा बस्ने वर्ष ४२ की रेनुका खनाल रहेका छन् ।

प्रहरीले दुर्घट्नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । तीज नजिकिएसगै दर खान माइत गएकाहरु अधिकांश जीपमा सवार रहेको बताइएको छ ।

प्रतिक्रिया