तालिमको सदुपयोग गर्नुहोस : कार्यबहाक सभापति काफ्ले

स्याङजा ।
नेपाली काँग्रेसका कार्यबहाक सभापति केदार काफ्लेले तालिमा सिकेको सीपलाई सदुपयोग गर्न आग्रह गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय र व्यवसायीक तथा सीप विकास तालिम प्रतिष्ठानको आर्थिक सहयोग तथा कम्मोपोलिन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरले आयोजना गरेको तालिमका सहभागीहरुलाइृ प्रमाणपत्र वितरण गर्दै कार्यबहाक सभापति काफ्लेले तालिमलाई सीपमा बदलेर सदुपयोग गर्न आग्रह गरेका हुन् । दक्ष जनशक्तिको अभाव जताततै रहेका बेला सिप सिकेर सदुपयोग गर्न सकियो भने मात्रै सहज रुपमा आम्दानी गर्न सकिने काफ्लेको भनाई थियो । सिपको सही प्रयोगले मात्रै जीवन यापन सहज हुने र आम्दानी पनि राम्रो हुने उनले बताए । स्वदेश तथा विदेश जहाँ रहे पनि सिप अपरिहार्य रहेको काफ्लेको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगर सभापती नेत्रप्रसाद पाण्डेले सिप नहुँदा विदेशमा नेपाली युवाहरुले धेरै समस्या भोग्नु परेको बताउदै सिप सिकेर मात्रै विदेश जान उनले सुझाव दिए । सिप भएपछि रोजगार पाउन कुनै समस्या नहुने भन्दै पाण्डेले तालिमलाई भरपुर सदुपयोग गर्न आग्रह गरे ।
सो अवसरमा पत्रकार महासंघ स्याङ्का अध्यक्ष प्रदिप कोईरालाले राम्रो रोजगारीका लागि राम्रो सिप आवश्यक रहेकोमा जोड दिए । पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य तथा पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देल, अशोक तिवारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरका गण्डकी प्रदेश संयोजक राधाकृष्ण डुम्रेको अध्यक्षता तथा स्याङ्जाका संयोजक पुष्पा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमा कुक तथा किचन हेल्परको एक महिने तालिममा सहभागी भएका ६० जना युवा तथा युवतीलाई प्रमाणपत्र वितरण गरिएको हो । सहभागीहरुले कुक तथा किचन हेल्परको तालिम लिएका थिए ।

 

प्रतिक्रिया