दशैंपछि चालक अनुमतिपत्र आवेदन खुल्ने
स्याङ्जा ।
दशैँपछि मात्र सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन खुल्ने जनाइएको छ । आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भरमा क्षति पुगेको छ ।
कार्यालयमा क्षति पुगेपछि लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता (ईडीएलभीआरएस) सम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ । अब क्षति भएको सर्भर मर्मत गरी लाइसेन्स सम्बन्धी सेवा दशैँपछि मात्रै सञ्चालन गरिने भएको छ ।


प्रतिक्रिया