कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ

स्याङ्जा ।
जेन जीको आन्दोलनको क्रममा भदौ २४ गते कास्की कारगारबाट भागेका कैदी पक्राउ परेका छन् । स्याङ्जा भीरकोट नगरपालिका ३ का यमबहादुर रोकालाई प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्धामा कारागार पुगेका रोका जेन जीको आन्दोलनको फाइदा उठाउदै भदौ २४ गते रातको समय फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र सो मातहतबाट खटिएको बिशेष अप्रेसन टोलीले निजकै घरमा बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरुलाई प्रहरीले तुरुन्त फर्कन आब्ह्रान गर्दै आएको छ ।

प्रतिक्रिया