स्याङ्जामा ६७ प्रतिशत जनसंख्या बीमामा आबद्ध

प्रकाश डोटेल,
स्याङ्जा ।

स्याङ्जामा ६७ प्रतिशत नागरिक स्वास्थ्य कार्यक्रममा आबद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसारजिल्लाका दुई लाख ५४ हजार २७७कुल जनसंख्यामध्ये एक लाख ७० हजार १५९ अर्थात ६७ प्रतिशत नागरिकले स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । ८७ हजार ६०८ महिला र ८२ हजार ५५१ गरी एक लाख ७० हजार १५९ नागरिक बीमामा आबद्ध भएका छन् । जनसंख्याका आधारमा ६७ प्रतिशतनागरिक स्वास्थ्य बीमामा आबद्ध रहेको स्याङ्जामा झण्डै ८० प्रतिशत घरपरिवार बीमामा आबद्ध छन् । जिल्लाका ७० हजार ७२१ घरपरिवारमध्ये ८० प्रतिशत अर्थात ५६ हजार ७४ घरपरिवार बीमा कार्यक्रममा आबद्ध छन् । जिल्लामा जनसंख्याकोतुलनामाबीमा कार्यक्रममा घरपरिवारको संख्यामा धेरै देखिएको छ । २२ हजार ८३१ जेष्ठ नागरिक र ३३ हजार २४३ गरी ५६ हजार ५४ घरपरिवारमध्ये एक जेष्ठ नागरिकलाई एक घरपरिवारमा गणना गर्दा जनसंख्याको तुलनामा घरपरिवारको संख्या प्रतिशतमा धेरै देखिएको स्वास्थ्य बीमा बोर्ड स्याङ्जा शाखाले जनाएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मास्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका ११ पालिकाहरुले दुई करोड ४३लाख २१ हजार ६५० रुपैयाँ शुल्क बुझाएका छन् ।गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बीमा गरेको कालिगण्डकी गाउँपालिकाले मात्रै एक करोड ७२ लाख ७२ हजार १५० रुपैयाँ शुल्क बुझाउँदा अन्य १० पालिका मध्ये ९ पालिकाले ७० लाख ४९ हजार ५ सय रुपैयाँ निःशुल्क बीमा शुल्क बुझाउँदा एक पालिका हरिनाश गाउँपालिकाले कुनै पनि रकम खर्च गरेको छैन् । बोर्डका अनुसारवालिङ नगरपालिकाले १५ लाख ७५ हजार, पुतलीबजार नगरपालिकाले ८ लाख २२ हजार ५ सय, भीरकोट नगरपालिकाले ७ लाख ५२ हजार ५ सय, गल्याङ् नगरपालिकाले दुई लाख ९४ हजार र चापाकोट नगरपालिकाले दुई लाख २८ हजार ५ सय रुपैयाँ खर्चमा विपन्न परिवार, महिला स्वयंसेविका, माझी, बोटे लगाएतका लोपोन्मुख र अतिगरिब परिवारलाई निःशुल्क बीमा गरेका छन् ।

त्यस्तै फेदीखोला गाउँपालिकाले ७ लाख ४५ हजार ९५०, अर्जुनचौपारी गाउँपालिकाले चार लाख ७६ हजार, आँधीखोला गाउँपालिकाले ९४ हजार र बिरुवा गाउँपालिकाले ८४ हजार खर्चमा महिला स्वयंसेविका र विपन्न परिवारलाई निल्शुल्क बीमा गरिदिदा हरिनास गाउँपालिकाले भने बीमामा कुनै रकम खर्च नगरेको शाखाका संयोजक ध्रुव हमालले जानकारी दिए । जिल्लामा पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा आबद्व हुने नागरिकको संख्यामा वृद्धि हुँदै गएकोसंयोजक हमालले बताए । स्वास्थ्य बीमा गराउँदा हुने लाभका बारेमा जानकारी भएसँगै बीमामा आबद्व हुने नागरिकको संख्या बढ्दै गएको उनले सुनाए । बीमा दर्ताका लागि जिल्लाका ९७ वडामा दर्ता सहयोगी कार्यकर्ता खटिएका छन् ।

स्वास्थ्य बीमामा आबद्व भएपछि ५ जनाको परिवारले वार्षिक तीन हजार ५ सय प्रिमियम शुल्क तिरेपछि सरकारले एक लाख रुपैयाँबराबरको स्वास्थ्य उपचार सेवा दिने गरेको छ । त्यस्तै ६ जनादेखि माथिको परिवार भएमा प्रतिसदस्य ७ सय रुपैयाँ थप जम्मा गर्दै जाने र दुई लाख रुपैयाँसम्मको बीमा वापत स्वास्थ्य उपचार सेवा सरकारले गर्ने गरेको संयोजक हमालले बताए । सरकारले अति गरिब, पूर्ण अपांगता, क्षयरोग तथा कुष्ठरोग, एच. आइ. भी. संक्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको निःशुल्क बीमा गरिदिने गरेको छ ।

 

 

प्रतिक्रिया