स्याङ्जा एमालेले टुङ्ग्यायो महाधिवेसन प्रतिनिधि

स्याङ्जा ।
नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेसनका लागि स्याङ्जाले प्रतिनिधि छनोट गरेको छ । १५ महाधिवेसन प्रतिनिधिका लागि ८४ जना आकाक्षी देखिएका स्याङ्जा एमालेमा दुइदिनको रस्साकस्सी बिच सर्वसहमतिमा सकाएको हो । भेगिय, क्षेत्रीय र संगठनात्मक रुपमा काम गरेका व्याक्तिहरुलाई सर्वसहमतिमा एमाले स्याङ्जाले प्रतिनिधि छनोट गरेको हो ।

स्याङ्जा संघिय निर्वाचन क्षेत्र नं. १ मा खुलाबाट नारायण मरासिनी, सुधिर पौडेल, महेश पुरी र चुनप्रसाद शर्मालाई महाधिवेसन प्रतिनिधिका रुपमा चुनिएका छन् । त्यसैगरी महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा चुनिएका छन् । युव प्रतिनिधिमा अमृत नेपाली चुनिएको नेकपा एमाले एघारौ राष्ट्रिय महाधिवेसन निर्वाचन समिति स्याङ्जाका संयोजक टंक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी संघिय क्षेत्र नं. २ मा खुलाबाट सुर्यप्रसाद गैह्रे, रामचन्द्र भट्टराई र खिम थापा चुनिएका छन् । महिलाबाट खगीसरा थापा, भेमला बराल र युवबाट विश्वनाथ अर्याल चुनिएका छन् । दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चुनिएको निर्वाचन समितिले जनाएको छ । जिल्लाबाट १५ जना प्रतिनिधिका लागि ८४ जना आकाक्षी थिए । एमाले स्याङ्जाले प्रतिनिधि छनोट प्रक्रिया टुङ्ग्याएपछि राष्ट्रिय राजनीतिमा कस्तो खालको नेतृत्व छनोट गर्ने छन् भन्ने बिषयमा बहस शुरु हुन थालेको छ ।

 

प्रतिक्रिया