स्याङ्जाबाट सरकारी शिक्षिका एमाले महाधिवेसन प्रतिनिधि

स्याङ्जा ।
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेसन काठमाण्डौमा जारी छ । देशभरबाट चुनिएका राष्ट्रिय महाधिवेसनले केन्द्रीय समिति चुन्न अहिले मतदान गरिरहेका छन् । एमालेको केन्द्रीय समिति चुन्न जिल्ला—जिल्लाबाट छनोट भएका राष्ट्रिय महाधिवेसनका लागि सरकारी शिक्षक कर्मचारीहरु पनि प्रतिनिधिमा छनोट भएको खुलेको छ । स्याङ्जाबाट १५ जना राष्ट्रिय महाधिवेसन प्रतिनिधि मध्ये एकजना सरकारी शिक्षिका रहेको खुलेको हो ।

गल्याङ नगरपालिका ११ गल्कोट स्थित हुलाक आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेकी भेमला बराल एमालेको ११ औं राष्ट्रिय महाधिवेसन प्रतिनिधि भएको खुलेको छ । महिला प्रतिनिधिका रुपमा बराल राष्ट्रिय महाधिवेसन प्रतिनिधि चुनिएको एमाले श्रोतले जनाएको छ । स्याङ्जा संघिय निर्वाचन क्षेत्र २ बाट महिला प्रतिनिधिका रुपमा सरकारी स्थायी शिक्षिका बराल चुनिएको महाधिवेसन निर्वाचन समितिले सार्वजनिक गरेको सूचनामा समेत देखिएको छ ।

झण्डै १२ बर्षदेखी विद्यालयको प्रधानाध्यापकका रुपमा रहेकी बराल अहिले कार्यबहाक दिएर बिदामा बसेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भण्डारीले जानकारी दिए । एमालेको महाधिवेसन प्रतिनिधि भएको आफुलाई थाहा नभएको र काठमाण्डौ जानुपर्ने भनेर बिदा मागेकाले बिदा दिएको अध्यक्ष भण्डारीले बताए ।

हामीले शिक्षिका बरालाई पटक—पटक मोवाइलमा सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहिनन् । बरालको फोन उठेपनि म भेमाको साथी हो के काम थियो भन्ने र फेरी फोन गर्दा भेमाको दिदी मैया बराल हुँ भन्दै फोन उठाएर उनी हस्पिटलमा बिरामी भएको जानकारी दिइरहेको छन् । एमाले श्रोतका अनुसार उनी बिरामी नभएको र राष्ट्रिय महाधिवेसनमा मतदान गर्न आएको बताइएको छ ।

यता गल्याङ नगर शिक्षा शाखाका प्रमुख हिमाल भण्डारीले बराल बिदामा गएको वा एमालेको प्रतिनिधि भएको आधिकारीक जानकारी नभएको बताए । उनको बिषयमा गुनासो आएपछि शिक्षा शाखाले पत्र काटेर यो बिषयमा जानकारी लिने भण्डारीले बताए । शिक्षा ऐन अनुसार सरकारी, समुदायिक तथा संस्थागत शिक्षालयका प्रध्यापक, शिक्षक कर्मचारी कुनैपनि राजनीतिकदलको सदस्य हुन नपाउने व्यवस्था छ । कानुनको खिल्ली उडाउदै हुलाक आधारभुत विद्यालयका प्रधानाध्यापक नै एमालेको राष्ट्रिय महाधिवेसन प्रतिनिधि बनेर सहभागी हुँदा समेत गल्याङ नगर शिक्षा शाखा चुप लाग्नु कतै शाखा प्रमुख कै मिलेमतो त हैन भन्ने शंका उव्जेको छ ।

 

प्रतिक्रिया