सामाजिक संजालका कारण संचारक्षेत्र धरासायी : संविधानसभा सदस्य थापा
स्याङ्जा ।
संविधानसभा सदस्य तथा निवर्तमान सांसद राजु थापाले सामाजिक संजालका कारण संचार माध्यमहरु धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय स्याङ्जाद्धारा संचालित सामुदायीक रेडियो स्याङजा एफ एम र स्याङजा टेलिभिजनको नवौं साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै संविधानसभा सदस्य थापाले सामाजिक संजालले गर्दा संचारमाध्यम धरासायी अवस्थामा पुगेको बताएका हुन् । संचारक्षेत्रले पनि प्रविधिको विकास सगै आफुलाई परिमार्जन गर्न सकिएन भने संचारक्षेत्रको अस्थित्व समाप्त हुनेमा सचेत रहन थापाले आग्रह गरे । संचारमाध्यम नागरिकको आवाज भएकाले यसलाई बचाइराख्न तिनैतहका सरकारहरुले सक्रियता देखाउनुपर्ने थापाको भनाई थियो ।
संचारमाध्यमले भ्रमपूर्ण समाचारहरुलाई निरुत्सायीत गर्नुपर्ने बताउदै देशमा भएको परिवर्तनमा संचारमाध्यमहरुको पनि भुमिका महत्वपुर्ण रहेको बताए । नेपाली काँग्रेस स्याङ्जाका सभापति समेत रहेका निर्वतमान सांसद थापाले आवश्यकता अनुसार विकास निर्माणका कार्यहरु जिल्लामा भएको जिकिर गरे । विकासको लागि हातेमालो गर्नुको विकल्प नरहेको बताउदै थापाले सबै राजनीतिकदलहरु बिरोध गर्नुभन्दा जिल्लाको विकासमा एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सिताकुमारी सुन्दास, नेपाली कांग्रेस स्याङजाका प्रवक्ता भरत प्रसाद लम्साल, नेकपा एमालेका उपाध्यक्ष महेश पुरी, नेपाली कम्युनिष्ट पार्टीका संयोजक शंकरध्वाज कार्की, राष्ट्रीय स्वतन्त्र पाटीका बेदप्रसाद दोरगां र पुतलीबजार नगरापालिकाकी निर्वतमान मेयर सिमा क्षेत्री, संस्थाका सल्लाहाकार अनन्तराज मरासिनी लगाएतले संस्था राम्रो बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा स्याङजा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन्द्र केसी, स्याङजा चेम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, कलाकार तारा पौडेल, नागरीक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, समाजसेवी सिता गोदार र रेडियो श्रोताको तर्फबाट शान्ति राना लगाएतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष ध्रुबबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशन तथा साधारण सभामा वरिष्ठ उपाध्यक्षले स्वागत र धन्यबाद मन्तव्य उपाध्यक्ष इन्द्रणी अधिकारीले गरेका थिए भने कार्यक्रमको संचालन सचिव बलराम दोरगांले गरेका थिए । हाल लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय स्याङ्जामा ८ सय ६५ जना सदस्य आबद्ध रहेका छन् । कार्यक्रममा योगदान गर्ने, विज्ञापन दाता र कर्मचारीहरुलाई सम्मान गरिएको थियो । नयाँ नेतृत्वका लागि छलफल चलिरहेको रेडियोका प्रवन्धक एकबहादुर गोदार (रमेशं) ले जानकारी दिए ।


प्रतिक्रिया