विद्यालयलाई गरिमा बैंकको शैक्षिक सामाग्रीे सहयोग

भीरकोट ।
गरिमा विकास बैंक लिमिटेड बिरुवा शाखाले विद्यालयलाई शैक्षिक पोषाक सहयोग गरेको छ । स्याङ्जाको बिरुवा गाउँपालिका १ स्थित नवज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकले शैक्षिक पोशाक सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नवज्योति माविका बाल सिकाई कक्षादेखि ६ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरेको बैंकका क्षेत्रीय प्रमुख प्रेमकिशोर अर्यालले जानकारी दिए । उनका अनुसार ३९ जना विद्यार्थीलाई विद्यालयको ड्रेस ट्रयाकसुट वितरण गरिएको बताए ।

विद्यार्थीलाई पोषाक वितरण गर्दै बिरुवा गाउँपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले गरिमा विकास बैंकले यस विद्यालयलाई प्राथमिकतामा राखेर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेकोमा खुसी व्यक्त गरे । यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरताको अपेक्षा केसीले गरे । कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका क्षेत्रीय प्रमुख प्रेमकिशोर अर्यालले बैंकले बर्षेनी बैंकले नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिरहेको बताए ।

गरिमा विकास बैंकले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोगका कार्यक्रमहरु गर्दै आएको बताउँदै विद्यार्थीलाई शैक्षिक पोशाकस्वरुप न्यानो कपडा उपलब्ध गराएको अर्यालले उल्लेख गरे । गरिमा विकास बैंक बिरुवा शाखाका प्रमुख प्रकाश कडेलले बैंकले यस क्षेत्रको आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने बताए । ग्रामिण क्षेत्रका नागरिकलाई गरिमा बैंकले गरेको आर्थिक गतिविधिका बारेमा कडेलले जानकारी दिए ।

 

प्रतिक्रिया