दुवै क्षेत्रमा स्याङ्जा काँग्रेसको चुनावी समिक्षा
वालिङ ।
नेपाली काँग्रेसले स्याङ्जाका दुवै क्षेत्रको चुनावी समिक्षा सम्पन्न गरेको छ । दुवै क्षेत्रका क्षेत्रीय कार्यसमितिको आयोजनामा काँग्रेसले चुनावी समिक्षा सम्पन्न गरेको हो । दुवै क्षेत्रमा काँग्रेसका उम्मेदवारले पराजित भोगेपछि नेतादेखी कार्यकर्ताको सल्लाह, सुझाव र पार्टीलाई आगामी दिनमा कसरी बलियो बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रीत रहेर समिक्षा गरेको काँग्रेसले जनाएको छ । देशैभर नतिजामा काँग्रेसको कमजोर उपस्थिती देखिएका बेला स्याङ्जामा काँग्रेसका कार्यकर्ताले गम्भिर भएर समिक्षा गर्नुपर्ने औल्याएका छन् । लामो समय सत्ता र सदनमा काँग्रेसले बलियो उपस्थिती जनाउदै आएको थियो । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको बलियो सहभागिता रहनेगरी मतदाताले विश्वास गर्न सकेनन् ।
स्याङ्जा क्षेत्र नम्बर २ का कार्यबहाक सभापति अर्जुनप्रसाद खनालको अध्यक्षतामा बसेको समिक्षा बैठकले काँग्रेसलाई सुक्ष्मरुपले सुधार गर्नुपर्ने धारणा सहित आरोप प्रत्यारोपमै टुङ्गिएको बताइएको छ । काँग्रेसको बलियो क्षेत्र मानिएको स्याङ्जा २ मा अप्रत्यासित रुपमा पराजय भोग्नु काँग्रेसबाटै अन्तरघात भएको आरोप लगाइएको छ । काँग्रेस कमजोर हुनुको पछाडी मतदाताले काँग्रेसलाई विश्वास नमान्नुको कारण खोज्नुको सट्टा अझै पनि अन्तरघातको आरोपले स्याङ्जा २ का काँग्रेसलाई नछाडेको एक कार्यकर्ताले बताए ।
समिक्षामा सहभागी भएका नेताहरुले अन्य पार्टीले आंशिक रुपमा देखाएको सपना, निरन्तर सरकारको परिवर्तन, पार्टीको बिशेष महाधिवेसन र सामाजिक संजालको प्रयोगमा कमजोरी लगायतका कारणले यो पटक मतदाताले काँग्रेसलाई छनोटमा चासो नदेखाएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, पुर्व केन्द्रीय सदस्य सरस्वती तिवारी, जिल्ला सभापति राजु थापा, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवार भागवतप्रकाश मल्ल, पूर्व सांसद शंकरप्रसाद पाण्डे, प्रदेश सांसद भोजराज अर्याल र महेश भट्टराई, गण्डकी प्रदेश सदस्य ध्रुव शर्मा पंगेनी, कार्यबहाक सभापति केदार काफ्ले, क्षेत्रीय सभापति दिलिपप्रताप खाँण लगायत पालिका सभापतिहरु, वडा सभापतिहरु लगायत कार्यकर्ताको सहभागिता रहेको थियो ।
यसै सन्दर्भमा उम्मेदवार मल्लले अन्तरघात भन्दा पनि काँग्रेस कमजोर भएकै कारण पराजित हुनुपरेको भन्दै कसैलाई दोस दिनु आवश्यक नरहेको बताए । पार्टीलाई बलियो बनाउन, काँग्रेसले अवलम्बन गरेका मुद्धाहरु जनतामाझ पु¥याउन सबै एकताबद्ध हुनुपर्नेमा मल्लले जोड दिए । फागुन २१ गते मतदानमा सहभागी हुने सबै मतदाताहरुलाई मल्लले धन्यवाद समेत दिए । समिक्षा कार्यक्रमको संचालन क्षेत्रिय सचिव फणिनारायण रेग्मीले गरेका थिए ।
यता स्याङ्जा क्षेत्र नम्बर १ का सभापति तुलसीराम रेग्मीको अध्क्षतामा बसेको समिक्षा बैठकमा काँग्रेस सुधारिएर जानुपर्ने सुझाव कार्यकर्ताहरुले दिएका छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधिहरुले जनताको विश्वास जित्नेगरी काम गर्न र छिटो भन्दा छिटो काँग्रेसको महाधिवेसन हुनुपर्नेमा कार्यकर्ताहरुले सुझाव दिएका थिए । समिक्षा बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले हालै सम्पन्न निर्वाचनबाट पाठ सिकेर अगाडी बढ्नपर्ने बताए । अनुकुल वातावरणमा पनि वर्तमान निर्वाचनको मतपरिणाममा नेपाली कांग्रेसको स्थान दोश्रो हुन पुगेको जनाउदै कांग्रेसीजनलाई कत्ति पनि बिचलित नभई आफ्नो आदर्श र बिचारलाई आत्मसम्मान गर्दै अघि बढ्न श्रेष्ठले सुझाव दिए ।
कार्यक्रममा जिल्ला सभापति एवं संबिधानसभा सदस्य राजु थापा, क्षेत्र नं. १ का उम्मेदवार भरतराज ढकाल लगायतका बक्ताहरुले पार्टीलाई एकढिक्का बनाउने गरी आगामी दिनमा अघि बढ्नुपर्ने बताए । काँग्रेसका उम्मेदवार ढकालले यो निर्वाचनबाट आफुले धेरै पाठ सिकेको बताउदै मतदाता, काँग्रेसका सबै नेतागणहरुलाई धन्यवाद दिए । समिक्षा बैठकमा पालकाका सभापति, वडा सभापति लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । क्षेत्रीय सभापति तुलसीराम रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केशरवहादु खाँण (ध्रुव) ले स्वागत र सचिव मनोज मल्लले संचालन गरेका थिए ।


प्रतिक्रिया